इराताेखरी।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुराज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ ।

विप्लवको नेकपाका एक केन्द्रीय नेताले ‘राजसंस्था’को पक्षमा ‘केही पश्चगामी तत्व’ले प्रदर्शन गरेकोप्रति पार्टी गम्भीर रहेको बताएका हुन् । उनले देशमा संकट आउने परिस्थितिमा आफ्नो पार्टी चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here