इराताेखरी।भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै गएको छ ।

एक हप्तामा त्यहाँ पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिचान नखुलेको रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् ।

बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् । यस्ता बिरामीलाई अचानक आँखा पोल्ने र उल्टी हुने जस्ता लक्षण देखिएको एलरु सरकारी अस्पतालका एक जना डाक्टरलाई उदृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ । अहिलेसम्म अस्पताल भर्ना भएका एक सय २५  जना डिस्चार्ज भएका र अन्यको उपचार भइरहेको खबरमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here