इराताेखरी। हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउमा उतार-चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ ।