इराताेखरी।रुसले कोरोना भाइरसविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–५ नाम गरेको कोरोना खोपको मूल्य तोकेको हो ।

रुसी समाचार संस्था तासका अनुसार स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल अर्थात करिब ३ हजार ९१ रुपैयाँ निर्धारण गरेको हो ।रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको हो ।

कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here