इराताेखरी। हामी अधिकांशले उठ्ने बित्तिकै दुधचियाबाट दिनको शुरुवात गरिरहेका हुन्छन् । चिकित्सकका अनुसार यो राम्रो बानी होईन ।

राति खाना खाएपछि खाली भएको पेटमा हामीले अचानक दुध खाँदा ग्यास्ट्रिक सताएको मानिसलाई अझ बढी अप्ठेरो र स्वास्थ्य समस्या देखिन्छ ।

चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ ।

ग्यास्टिकको समस्या झेलेकाहरुले त दुध चिया मुखमा लैजानै हुँदैन ।दुध चियामा चियापत्तिको प्रयोग बढी हुने कारणले गर्दा स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।

बरु मनतातो दुई गिलास पानी पिएर दिनको शुरुवात गर्नुपर्छ । त्यसपछि चिल्लो पिरो अमिलो कम भएको हलुका खालको ब्रेकफास्ट लिनुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here