इराताेखरी।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियाको मत परिणाम उल्ट्याउन गर्भनर ब्रेन केम्पलाई दबाब दिएका छन्। रिपलिब्लन पार्टीको सरकार रहेको जर्जियामा ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको पक्षमा आएको मत परिणाम उल्ट्याउन दबाब दिएका हुन्।

ट्रम्पले गर्भनर ब्रेनलाई त्यहाँको स्टेट लजिस्लेटरको विशेष बैठक बोलाएर ताजा मत परिणाम उल्ट्याउन दबाब दिएका हुन्। उनले विशेष बैठकबाट निर्वाचक मण्डललाई आफूहरु नै निर्वाचित भएको स्वघोषणा गराउन दबाब दिएका छन्।

जर्जियामा बाइडेनले झिनो मतान्तरले मात्रै चुनाव जितेका छन्। त्यहाँ सन् १९९२ पछि पहिलोपटक डेमोक्र्याटिक उम्मेदवार विजयी भएका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here