इराताेखरी।ठाकुरप्रसाद लामिछानेकाे चिल्लीबिल्ली नामक पुस्तक सार्वजनिक भएकाे छ । उक्त पुस्तकमा नेपालमा वि.सं २०७२ साल वैशाख १२ गतेकाे महाभूकम्पले निम्त्याएको भैतिक तथा मानविय क्षतिलाई  प्रस्तुत गरीएको छ ।                                                                                                      लामिछानेको यो पहिलो प्रकाशित कृति हो । भूकम्प पश्चात मानिसलाई परेका पिडाहरु, भौतिक रुपमा भएका क्षतिहरु, राहत बाड्दा तथा सर्वेक्षण गर्दा भएका विभिन्न कमीकमजोरीहरु, भूकम्प पश्चात् गरीब तथा पिछडीएका समूदायले भोग्नु परेको समस्या लगायतका विषयवस्तुहरुलाई पुस्तकमा सुक्ष्म रुपमा विश्लेषण गरीएको छ ।
भुकम्प प्रतिराेधी संरचना निर्माणका लागि समेत याे पुस्तकले अाम सर्वसाधारणलाई सचेत गराएकाे छ।तसर्थ यसलाई सचेतनामुलक पुस्तककाे रुपमा पनि लिइएको छ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here