इराताेखरी।च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्ले डाइनामो क्युभ माथि ३–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन फ्रेड्रिको चिइसा, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे । खेलको २१ औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

६६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा पाँच खेलबाट १२ अंक जोडेको छ । पराजित डाइनामोको एक अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here