इरातोखरी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।

अष्ट्रेलियाविरुद्ध ३ खेलको सिरिज अन्तर्गत तेस्रो खेलमा कोहलीले १२ हजार ओडीआई रन पूरा गरेका हुन् । क्यानवेरास्थित मानुका ओवल क्रिकेट स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाका सिन एबोटले बलिङ गरेको १३ औं ओभरको पहिलो बलमा १ रन लिंदै कोहली ओडीआईमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी बनेका छन् । उनले १२ हजार रन बनाउन २४२ इनिङ्स मात्र खेल खेले ।

कोहलीले यसअघि पहिलो ओडीआईमा २१ र दोस्रो ओडीआईमा ८९ रन बनाएका थिए । कोहलीले २५१ औं ओडीआई म्याच खेल्ने क्रममा २४२ इनिङ्समा ब्याटिङ गर्दै सचिनको कीर्तिमान तोडेका हुन् ।

ओडीआईमा करिब ६० रनको औसतमा ब्याटिङ गर्ने कोहलीले ४३ शतक र ५९ अर्धशतक प्रहार गरिसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here