इराताेखरी।मिसन मिडिया क्लवले स्वास्थ्य मापदण्ड पालना गर्दै एक कार्यक्रम अायाेेेेेजना गरी पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू. एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।

क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति  अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

एकदर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here