k|ltlglw;efsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf af]Ng'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालको ताप्लेजुङ जिल्लाबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जाँदैछन् । प्रधानमन्त्रीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्नुहुने जानकारी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले दिए ।

प्रधानमन्त्री ओली समक्ष घुन्सावासीले यहाँको पर्यटन विकासमा टेवा पु¥याउने योजना लगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको स्थानीय बासिन्दा मिङ†माडन्डु शेर्पाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here