इराताेखरी।भक्तपुरको भङ्गेरीडाँडास्थित अन्तर्राष्ट्रिय खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लबले हात पारेको छ ।
भक्तपुर खेलकूद विकास समितिको आयोजना तथा वागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणको सहआयोजनामा दुई सातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा चेवाल युथ क्लबले चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
मिर्मिरे सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै केन्द्रले तेस्रो स्थान हासिल गरेको थियो । उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरका १५ वटा समूहको सहभागिता थियो ।