इराताेखरी। तपाईंलाई सामाजिक सञ्जाल, ग्याजेट तथा इन्टरनेटको लत लागिसकेको छ भने यस्तै समस्यालाई लक्षित गर्दै एउटा यस्तो स्मार्ट तकिया सार्वजनिक भएको छ, जसले तपाईंको इन्टरनेटको लत छुटाउन मद्दत गर्नेछ ।

दक्षिण कोरियाका केही विद्यार्थीले तयार पारेको स्मार्ट तकियामा शिर राख्ने वित्तिकै त्यसले घरको राउटर बन्द गरिदिनेछ । तर मोबाइल नेटवर्कमा भने यो तकियाको कुनै असर पर्ने छैन ।

यो तकियालाई ‘पज पिलो’ नाम दिइएको छ । यो स्मार्ट तकियामा शिर राख्ने वित्तिकै यसले वाईफाई राउटरलाई एउटा सिग्नल पठाउँछ, त्यसपछि राउटरबाट तपाईंको मोबाइलमा पुग्ने इन्टरनेट सिग्नल ब्लक हुन पुग्छ ।

इन्टरनेट नभएपछि तपाईंलाई बाध्य भएर सुत्नुपर्ने अवस्था आउनेछ । यो डिभाइसलाई हालै दुबईमा भएको छैटौं ग्लोबल ग्रेड शोमार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here