इराताेखरी।कोरोना भाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।

क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन आदेश जारी गरिएको छ ।

शनिबारदेखि लागु हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियामा अहिलेसम्म १० लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here