इराताेखरी।वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुले वायु प्रदुषण बढी भएको स्थानमा बस्ने मानिसमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइयो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्ड भन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here