इरातोखरी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ ।

आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी दिनुभएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here