काठमाडाैं । छिमेकी मुलुक भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत हासिल गरेको छ । गएराति अबेर सकिएको मतगणनाअनुसार २ सय ४३ सिटमा आएको परिणामअनुसार सत्तारुढ गठबन्धन १ सय २५ सिटसहित बहुमत हासिल गर्न सफल भएको हो ।

बिहारका मतदाताले तेजस्वी यादवको युवा नेतृत्वको विपक्षी गठबन्धनलाई भन्दा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको एनडीएलाई स्पष्ट बहुमत दिएका हुन । राष्ट्रिय जनता दल नेतृत्वको विपक्षी महागठबन्धनले भने १ सय १० सिटमात्रै जितेको छ ।

निर्वाचनमा एआईएमआईएमले ५ सिट, लोजपा र बसपाले १-१ सिट जितेका छन् भने १ सिटमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । निर्वाचनको परिणामसँगै यो पटक पनि भारतीय सञ्चारमाध्यामले बिहारमा गरेको मत सर्वेक्षण असफल सिद्ध भएको छ ।

सत्तारुढ एनडीएमा रहेको भाजपाले ७४ सिट, जनता दल युनाइटेडले ४३ सिट, विकासशील इन्सान पार्टी ९भीआईपी० ले ४ र हिन्दुस्तानी अवाम मोर्चाले ४ सिटमा जीत हासिल गरेको विहारको निर्वाचन आयोगले जनाएको छ । उता विपक्षी महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ७५, कांग्रेसले १९, भाकपा र माकपाले २–२ सिट मा मात्रै जित हासिल गर्न सकेका छन् ।

नीतीश कुमार नेतृत्वमा निर्वाचन लडेको एनडीएले उनको जनता दल युनाइटेडलाई भने अघिल्लो विधानसभा निर्वाचनको तुलनामा २८ सिट घटाएको देखिन्छ । राष्ट्रिय जनता दल ७५ सिट जितेर बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । उसका सहयागी वाम पार्टीलाई फाइदा पुगेको छ भने कांग्रेसले क्षति बेहोरेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here