काठमाडौं । मुख स्वास्थ्यको चर्चा गर्नुअघि मुखको महत्वको बारेमा बुझ्नु अति आवश्यक छ । जसरी बच्चाले आमाको कोखमा रहुञ्जेल जिवीत रहनका लागि नाबीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ,त्यसरी नै मानिसले जन्म लिइसकेपछि जिवीत रहनका लागि मुखसँग सम्बन्ध राख्दछ । मुख शरीरको यस्तो अंग हो जसबाट हामीले खाएको खानाले हामीलाई जिवीत राख्दछ । तर मुखको सम्बन्ध खानासँग मात्र नभई हाम्रो शरीरको सम्पूर्ण अंगसँग हुन्छ ।

कुनै पनि मानिसको मुख यदि स्वस्थ छ भने त्यो व्यक्तिलाई रोग लाग्ने सम्भावना निकै कम हुने कुरा ओम समाज डेन्टलका म्याग्जिलो फेसियल सर्जन डा सुवास घिमिरेले बताए । अस्वस्थ मुखबाट खाएको खानाबाट मानिसलाई रक्तचाप, रक्त अल्पता, कब्जीयत, सब एक्युट ब्याक्टेरियल इन्डोकार्डाटिस, मधुमेह तथा पेट, आँखा, ब्लाडर, मृगौला, फोक्सो आदिमा समेत समस्या आउन सक्छ । गर्भवती महिलामा पनि मुख अस्वस्थ छ भने त्यसको प्रभाव गर्भस्थ शिशु तथा प्रसवको समय र प्रव्रिmयामा पर्दछ । त्यसकारण मुखको सरसफाई सम्पूर्ण शरीरकै सरसफाईको एक भाग हो ।

मुख स्वस्थसम्बन्धी डा। सुवास घिमिरेका ५ टिप्सहरु 

१. दिनमा २ पटक दाँत माझ्ने र ब्रस गर्ने समयमा दाँतको सबै भागलाई राम्ररी सफा गर्ने ।

२. जाँड, रक्सी, सुर्ती, खैनी, सुपाडी गुट्खा नखाने र बजारमा पाइने जंक फुडलाई भन्दा क्याल्सियम र भिटामिन युक्त खानेकुराहरु तथा रेशायुक्त हरियो सागपात फलफुल र तरकारीहरुको सेवनमा प्राथमिकता दिने ।

३. खानेकुरा खाइसकेपछि नियमित कुल्ला गर्ने ।

४. नियमित रुपमा फ्लोराइड मञ्जनको प्रयोग गर्ने ।

५. नियमित रुपमा मुख तथा दाँतको परीक्षण गराउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here