इराताेखरी ।सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा साइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी ५५ बर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ निवासी मुकेश सिंहको मृत्यु भएको साहले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरमा र मोटरसाइकल चालक सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका ७ का २५ बर्षीय अनिलकुमार यादव घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here