इराताेखरी ।चीनले सिन्जियाङ् प्रान्तको काशगार शहरका झण्डै ४७ लाख मानिसको एकैपटक कोरोना परीक्षण गर्ने भएको छ ।

काशगारको शुफु काउन्टीमा रहेको एउटा गार्मेन्ट उद्योगमा काम गर्ने एक महिलामा लक्षणविनाको सङ्क्रमण देखिएपछि त्यहाँ परीक्षणलाई व्यापक बनाएको बीबीसीले जनाएको छ । अहिलेसम्म लक्षण नदेखिएका एक सय ३८ सङ्क्रमित फेला गरेका छन् ।

चिनियाँ मुख्य भूभागमा गएको १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला परेका हुन् । त्यसपछि व्यापक रुपमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका खबरमा उल्लेख छ । केही समयभित्रै पुरै शहरका सबै मानिसको परीक्षण गर्ने अधिकारीहरुले बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here