इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले हराएको छ ।
मुम्बईले एक विकेट पनि नगुमाइ १२।२ ओभरमा ११५ रनको लक्ष्य पूरा गर्यो । मुम्बईको जितमा इशान किसन ६८ र क्विन्टन डिकक ४६ रनमा नटआउट रहे ।

यो जितसँगै मुम्बई अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाई ६ अंकसहित सबैभन्दा पुछारमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । साम कुरानले ५२ रन बनाउनबाहेक अन्यको प्रदर्शन खराब रह्यो ।

ओपनर ऋतुराज गायकवाड पहिलो ओभरमै खाता नै खोल्न नसकि आउट भए । उनलाई ट्रेन्ट बोल्टले एलबीडब्ल्यू धरापमा पारे । अर्का ओपनर फाफ डु प्लेसिस पनि ट्रेन्ट बोल्टको बलमा क्याच आउट भए । उनले १ रनमात्र बनाउन सके ।

१८ रन खर्चेर ४ विकेट लिएका ट्रेन्ट बोल्ट म्यान अफ द म्याच बने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here