प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको उपलक्षमा जारी गर्नु भएकाे शुभकामना सन्देशमा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय भारतीय खुफिया एजेन्सी प्रमुख सामन्तकुमार गोयललाई भेटेर विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सप्तमीका दिन जारी गरेको दशैंको शुभकामना सम्बन्धी सन्देश विवादमा परेको छ।

यसबारे स्पष्टिकरण दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको प्रेस नोटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here