-जे एन दाहाल

त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा
रंगीन अन्डर वयरको विज्ञापन
अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर
अकस्मात कविको मानस पटलमा
केही झिल्को पस्छ
‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’
सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन्
अनि लेख्छन् कविता
‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि
उत्तेजनाले उचाले लगौंटी’
तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ?
किरिङ मिरिङ हुन्छ मष्तिस्क
सोच्न लाग्छु,
असल ब्रह्मचारीले त इन्द्रियहरुलाई
आफ्नो वसमा राख्न सक्नु पर्ने हो
या
एकान्त स्खलीत हुनुपर्ने हो।
ब्रह्मचारीको निहूँमा ढोगं ओड्ने
हे क्रुर बलात्कारी १
मध्य रातमा उठी कराउँछु जोडले
फुकालऽऽ लगौंटी, निकाल बाहिरी आवरण
‘कि विवाह गर् अनि लगा अन्डर वयर
कहीँ भक्तको नाममा, कहीँ इश्वरको नाममा
यौवनको अन्धो भई नगर क्रुर हर्कत
युगौंदेखि र अनिश्चित कविले यो कविता लेख्दासम्म
पोखी रहेछन् केही ब्रह्मचारीहरु यसरी नै उत्तेजना
मलाई यस्तो लाग्छ
काटिनु पर्ने त बलात्कारीको लिंग नै हो
त्यो लगौंटी भित्र समाधीमा बस्दैन भने
झुक्किनु होला अखबारमा देखिएको साधु हैन !
त्यो अपराधी हो, गधा हो
दशकौं पछि झिक्दैछु एउटा पुस्तक
दराजको भित्री कुनाबाट र
झस्कदै पढ्दै छु ति कविलाई
तिनको पर्दा पछाडिको कवितालाई
छाम्दैछु शब्दहरु इन्द्रीय, लगौंटी र ब्रह्मचारी
खोज्दैछु फरक
लगौंटी र अन्डर वयरको १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here