नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा शुरू भएकाे छ । नारायणगढमुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको थियाे ।

अवरूद्ध भएकाे सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मुग्लिननौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।

अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here