काठमाडाैं । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ। सिंहको सय वर्षकाे उमेरमा महिनाको उमेरमा मंगलबार राति काठमाडौंमा निधन भएको हो।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालकाअनुसार सिंहको आजै बिहान आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।

उनी २०१३ जेठ ८ गतेदेखि २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीश बनेका थिए। प्रधानन्यायाधीश हुँदा सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो।

सिंहले सर्वोच्च अदालतमा कडा प्रशासकको रूपमा भूमिका निर्वाह गरेका थिए। आज सर्वोच्चमा शोकका लागी सबै मुद्दा मामिलाका काम स्थगन गरिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here