माउण्टेन इनर्जी नेपाल लिमिटेडले यस अघि स्थगित गरेको आईपीओ बुधवारदेखि विक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजनाबाट प्रभावित म्याग्दी र नुवाकोट जिल्लाका स्थानीयका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा बाढी पहिरोका कारण आयोजना क्षेत्रमा गएर सेवा दिन नसकिने भन्दै स्थगित गरेको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १९ करोड ६८ लाख २ हजार सात सय बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोही रकम बराबरको आईपीओ विक्री गर्नेछ ।

स्थनीय र सर्वसाधारणका लागि गरि कुल  ३९ करोड ३६ लाख ५ हजार चार सय बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो ।

छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिने उक्त कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था भएकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here