मंगलबार राति मैत्रिपूर्ण खेलमा इटालियन सिरी ए क्लब इन्टर मिलानले सानदार जित निकालेको छ ।निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले स्वीट्जरल्यान्ड क्लब लुगानोले ५–० गोलले पराजित गर्यो ।

उक्त खेलको चौथो मिनेटमै मिलानले अग्रता पायो । मिलानका डाल्बर्ट हेन्रिक्युले गोल गरी टिमलाई अग्रता दिलाए ।त्यसपछि खेलको ३६ औं मिनेटमा लुगानोका अकोस केक्सकेसले आफ्नै पोष्टमा गोल गरे । त्यसको एक मिनेटमै मिलानका मार्टिनेजले गोल गरे भने पहिलो हाफ नसकिदै मिलानकै मार्टिनेजले अर्को गोल गरे ।

त्यसपछि दोस्रो हाफको शुरुमै मिलानका रोमेलु लुकाकुले गोल गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here