काठमाडाैं । उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेका बेला ४ सय ६१ संक्रमित सम्पर्क बाहिर रहेका छन्। संक्रमण पुष्टि भएपछि संक्रमितहरु आफैं सम्पर्क बाहिर जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको ठेगाना र सम्पूर्ण विवरण अनिवार्य चाहिन्छ। संक्रमण पुष्टि भएपछि मोबाइल अफ गर्ने गरेका छन्। फरक ठेगाना र अन्य व्यक्तिको नम्बर राखी कोरोना परीक्षण गर्दा संक्रमितसँग सम्पर्क हुन नसकेको हो।

परीक्षण गर्ने व्यक्तिले गलत ठेगाना दिँदा संक्रमितको अवस्था बुझ्न गाह्रो भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएकाे छ। फरक ठेगाना र नम्बर दिँदा कोरोना पोजेटिभ नभएका मानिसलाई समेत सम्पर्क हुने गरेको कार्यालयकाे भनाइ छ ।

कतिपय संक्रमितलाइ फाेन सम्पर्क गर्दा उपत्यकाभन्दा बाहिर घर पुगिसकेकाे जानकारीसमेत हुने गरेकेा कार्यालयले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here