काठमाडाैं । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । बुधबार बिहानसम्मकाे तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ५० लाख ७ हजार १ सय १ पुगेको हो ।

विश्व स्वास्थय संगठनका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा ८१ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म  ३९ लाख २९ हजार ६ सय ५ जना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् । ९ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकाे पछिल्लाे अपडेटमा जनाइएकाे छ ।

विश्वमै सर्वाधिक जनसंख्या रहेकाे भारतमा काेराेना संक्रमित बढिरहेपनि भारत सरकारले सर्वसाधारणकाे दैनिकी सामान्य बनाउँदै लगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here