काठमाडौं । सरकारले एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत निर्धारण गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पीडितको निशुल्क उपचार र स्वास्थ्यसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजिवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य मन्त्रालयले संयोजन र सहजीकरण गर्ने गरी एसिड आक्रमणमा परेका पीडितहरूको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here