काठमाडौं ।  नेपाल सरकारले निवर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बन्नुभएका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here