चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका वडानम्बर ६ स्थित चोरखोलामा राति १०ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सोमबार दिउँसो गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएपनि साँझ पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here