काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टेकूस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणपछि  आएको रिपोर्टमा उहाँलाई कोरोना पोजिटिभ देखिएको हो।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सोमबार १०४ ज्वरो आएपछि कोइरालको स्वाब परीक्षणका लागि ह्याम्स अस्पताल लगिएको थियो। तर ह्याम्स अस्पतालले यकिन रिपोर्ट दिन नसकेपछि फेरि टेकू पठाइएको थियो ।

उहाँका परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाव परीक्षणका लागि स्टार हस्पिटल लगिएको बताइएकाे  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here