लेखकः शोभा सापकोटा

धेरै समय बित्यो अहिले बिस्वलाई नि आक्रान्त पारेको कोरोनाको असर नेपालमा पनि उत्तिकै ब्याप्त छ यहिकारण बैनिसँग भेट हुन सकेन आज बिहान आफै फोन गरे बैनी के छ खबर भनेर सोधेको मलिनो स्वरमा ठिक छ दिदी भन्ने उत्तर आयो स्वर सुन्ने बित्तिकै के भयो बिरामी हुनुहुन्छ कि भनेर सोधे उहाँले हैन ठिकै छु भन्नुभयो मैले काठमाडौंमा भैरहेको निषेधाज्ञाको कारण भेट्न नसकेको कुरा सुनाए बैनिले आफू केही समय पहिला गाउँ गएको कुरा सुनाउनुभयो मलाइ अलि ढुक्क भयो बैनी अहिले त अलि कम तनाबमा हुनुहुन्छ भन्ने लाग्यो तर उहाँको स्वरको मलिनताले झस्कायो म आफै कुरा सुरु गरे बैनी त्यो पहिलाको कुरालाइ कसरी हल गर्ने सकिन्छ भनेर मैले धेरै समय सोचे दिमागले उत्तम उपाय यहि हुन्छ भनेर ठम्याउन सकेन अहिले तपाईंको उ सँग कुरा हुन्छ कि नाइ भन्दा उहाँ रुन थाल्नुभयो दिदी अहिले त झन उस्ले मलाई विभिन्न किसिमको मानसिक तनाब दिन थालेको छ कहिले तेरो नग्न भिडियो सार्बजनिक गर्दिन्छु त कहिले एसिड हान्छु जस्ता धम्किहरु दिन थालेको छ ।

अब त अति नै भयो भनेर त्यो मान्छेको मोबाइल नम्बर मागे बैनी डराउनु भयो हुदैन दिदी उस्ले मलाई झन डरधम्की दिन्छ यो कुरा किन अरुलाइ भनेको भनेर तर मैले तपाईंले नभई अरु कसैबाट पत्ता लगाएको भनौला भनेपछी नम्बर दिनुभयो । मैले उहाँलाई कल गरे र भेट्न मिल्छ भने एउटा सानो काम छ भनेको उहाँ भेट्न मान्नुभयो । भेटमा मैले नै कुरा सुरु गरे र सबै कुरा भने एकछिन त उहाँ निकै आत्तिनु भयो मैले अवस्था सामन्य बनाउन कोशिस गर्दै भने मान्छे हो गल्ती सबैबाट हुन्छ बेलैमा सच्चाउन सकेमा यो एउटा जिन्दगिको पाठ बन्छ उहाँले म उस्लाइ माया गर्छु भन्नुभयो टाढा हुन सक्दिन भन्नुभयो मैले भने तपाईं बिबाहित मान्छे यदि तपाईंको श्रिमतिले यो कुरा थाहा पाँउनु भयो भने के भन्नुहुन्छ ? तपाईंको बच्चाहरुको बालमस्तिष्कले के सोच्ला ? तपाईंले उहाँ बैनिलाइ एसिड हान्दा तपाईंलाई के फाइदा हुन्छ ? पाईंको त्यो सानी छोरी ठुलि भएपछी कसैले यस्तै गरे के हुन्छ ? एउटा बुवाको हिसाबले सोच्नुस त यति भनेपछी दाइ अलि नरम र ग्लानिले पोतिएको अनुहार लिएर बोल्नुभयो मबाट गल्ती भयो माफ गर्दिनुस, माफी त्यो बैनिसँग माग्नुस मसँग हैन भने ।

कल गरेर माफी माग्नुस भनेको मैले कल गर्नुपर्ने केही छैन तपाईं आफैले भन्दिनुस कि अब म कुनै पनि अबस्थामा उसलाइ डिस्र्टव गर्दिन । ओ हो ! म झसङ्ग भए भर्खर उसलाइ माया गर्छु भन्ने मान्छे एक कल गरेर माफी माग्नुस भन्दा तपाईं आफै भन्दिनु कल गर्नु पर्ने केही छैन रे ! के यहाँ माया थियो ? कुनै पनि अबस्थामा कल गरेर डिस्र्टब नगर्ने कुरा सहित हामी छुट्टियौ । त्यहाँबाट आउने बित्तिकै बैनिलाइ कल गरेर सबै कुरा भने उसको खुसिको सिमा नै रहेन अनि बल्ल भनी दिदी मैले गाउँमा आएर सहकारीमा काम पनि गर्न थालेको छु नि, मैले भने पढाई के गर्छौ त ? दिदी अब घरमै पढ्छु एक्जाम दिनमात्र काठमाडौं आउछु । मलाइ पनि खुसी लाग्यो किनकी बैनिले वास्तविकता बुझ्नुभयो ।

अतः म आफैले ब्याक्तिगत रुपमा बुझेको कुरा के हो भने जब महिलाहरु परनिर्भर हुन्छन तब उनिहरु कसैको दबाबमा रहन्छन् । अहिले नेपाली समाजमा घट्दै आइरहेका घटनाहरु पनि कतिपय यो कुरासँग जोडिएका हुन्छन । कहिले सम्बन्ध पछिका भिडियोहरु सेयर गर्दिने धम्की दिने, कहिले एसिड हान्ने धम्की दिनेजस्ता मानसिक तनावमा राखेको समस्याहरु पाइन्छ्न । त्यसैले हामी महिलाहरु पनि आफुसङ जे जस्तो आर्थिक अबस्था छ तेसैलाइ आत्मसात गरेर अगाडि बढ्दै आफुलाइ कसरी आर्थिक रुपमा अब्बल बनाउले भन्ने कुरातर्फ लाग्नुपर्ने हुन्छ । अहिले पनि महिलाहरु चिटिक्क मेकअप गरेर, राम्रो लुगा लगाएर हिड्दा आफुलाइ स्मार्ट सम्झिने गर्छौ तर यो स्मार्ट बन्नको लागि आबस्यक आर्थिक भारको अपेक्षा अरुबाट गर्छौ, यो गलत हो । अनि अर्को कुरा बाहिर देखिने स्मार्टपना भन्दा दिमागलाइ स्मार्ट बनाउनतिर हामी लाग्दैनौ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here