काठमाडौं । बरु बनको बाघले खाओस्, मनको बाघले नखाओस । यो नेपाली उखानलाई ‘ढोका’
फिल्ममा उतारिएको छ । विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ‘ढोका’ फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ‘ढोका’ फिल्मको लेखन
तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो
समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।
आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्दशक धितालले
बताए ।

फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन
अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार
हुन् । बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन् ।

‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल
बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल
युटुव च्यानलबाट दर्शक माझ आएको छ ।
भिडियो हेर्नुस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here