काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ । लकडाउन तथा निषेघाज्ञाबा बीच पनि उपत्यकाका तीनै जिल्लामा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेस ब्रिफिङमा  दिएकाे जानकारी अनुसार उपत्यकामा शनिबार बेलुकासम्म ४ सय ९ जनामा संक्रमण भेटिएकाे छ ।

त्यस्तै संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि दिनदिनै बढिरहेकाे छ । शनिबार एकैदिन ९ जनाकाे मृत्यु भएकाे छ । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै पर्सामा ७५, महोत्तरीमा ७८ र रुपन्देहीमा ४० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैरी मोरङमा ४३, मकवानपुरमा ५२ र नवलपरासीमा ३७ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

शनिबार  १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय ७५ नमुना परीक्षण भएकोमा देशभरी महिला ३ सय ४९ पुरुष ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय २६, भक्तपुर ४५ र ललितपुर ३७ जना संक्रमित थपिएका छन । यो सँगै आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

शनिबार १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here