काठमाडाैं । कोरोना संक्रमण पुष्टि भएका बर्दिबासका ७६ वर्षीय एक पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएकाे छ ।

अस्पतालमा भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । धुलिखेल अस्पतालमा काेराेन संक्रमणबाट पहिलाेपटक एक सुत्केरी महिलाकाे मृत्यु भएकाे थियाे ।

काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका तीन जना गरी ५ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here