बासुदेव सेढाई
कोरोना नियन्त्रण गर्ने एउटामात्र उपाए लकडाउन हो भन्ने निश्कर्षका साथ चैत ११ गतेबाट सुरुवात गरिएको लकडाउन झन्डै ६ महिना हुन लागेको छ । सरकारलाई कर उठाउन, घरबेटीलाई भाडा उठाउन र बैंकलाई किस्ता उठाउन बीचमा सामान्य खुकुलो पारिए पनि नागरिकको कमाई भने ठप्प रह्यो ।

भर्खरै स्वास्थ्य मन्त्रालयले भ्याक्सिन नआउन्जेल लकडाउनको विकल्प छैन भन्ने धारणा सार्वजनिक गरेपछि लकडाउन अझै धेरै लम्बिने पक्का छ तर विनाराहत लकडाउन मात्रै थपिरहने हो भने नागरिकको हालत के होला ? इमान्रदारीताको व्यापार व्यवसाय गरेर आफ्नो परिवार पालिरहेका व्यापारी व्यावसायीहरु लामो लकडाउनको कारणले घरभाडा, बैंक किस्ता तिर्न नसक्दा धेरैले आफ्नो व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेका छन् । यस्तो अप्ठ्यारो अवश्थामा समेत सरकारले बेवास्ता गर्नु दुःखद् विषय हो ।

व्यापारी व्यावसायीका व्यापार व्यवसाय ठप्प हुँदा खासै फरक परेन तर त्यो भन्दा गम्भीर विषय एक पटक सोच्नु त दैनिक ज्याला मजदुरी गर्नेहरु, नदीका तीरमा आधा शरीर पानीमा डुवाएर बालुवा निकाल्नेहरु ,गिट्टी कुटेर परिवार पाल्नेहरु, निर्माणका काममा गएर गुजारा चलाउनेहरु जसले दिनमा कमाएर बिहान बेलुकाको छाक टार्नु पर्छ उनीहरुलाई राहतको व्यवस्था सरकारले गर्नुपर्नेछ ।

कोरोना नियन्त्रणका नाममा अरबौं रकम सकिएको जानकारी सरकारले दिएको छ, त्यसको पारदर्शिता हुनुपर्छ । सरकारी कर्मचारीहरुलाई सरकारले काम नगरेपनि तलब उपलब्ध गराएको छ, समस्या भएन तर अन्य गैरसरकारी संघ संस्था निजी विद्यालय आदिमा कार्यरत कर्मचारीको अवस्था पनि अप्ठ्यारो छ । कृषकहरुका उत्पादन खेर गएका छन् उनीहरु पनि समस्यामा छन् ।

देशमा जटिल अवश्थामा सरकार नागरिकको अभिभावक बन्न सक्नुपर्छ तर खोई ? मानवीय भावना छ भने माहामारीलाई कमाउने मौकाको रुपमा प्रयोग नगरौं। खान नपाएर मान्छे मर्ने अवश्था आउन लागेको छ, कोरोना माहामारीको कारणले अन्य बिरामीले समेत उपचार नपाएर मर्ने अवश्था आएको अवश्थामा जिम्मेवार को हुने ? महलमा बस्ने, पजेरोमा कुद्ने, मनोरञ्जन र विलासी जीवाशैली बिताउनेहरुलाई नागरिकको पीडा थाहा नहुँदो रहेछ । सधैँ पार्टीकै चिन्ता, सधैँ कुर्सी र सत्ताकै चिन्ता अनि देश र जनताको समस्याको चिन्ता लिने कसले ? सत्तामा बस्नेहरु गम्भीर बन्नुपर्दैन ।

आम नागरिकका समस्यालाई बेवास्ता गर्दै लकडाउन थपिरहँदा स्थिति सम्हाल्न नसकिने हुन सक्छ । मान्छे मर्नुभन्दा बौलाउन वेश भन्दै सडकमा ओर्लिए भने सरकारले के गर्छ ? सबै कुराहरूलाई मध्यनजर गरेर निर्णय लिन सरकारले ढिलाइ गर्नु हुँदैन । लकडाउनको अन्य विकल्प खोजौं । जय मातृभूमि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here