एजेन्सी । सामाजिक सञ्जालको प्रभाव आक्रमक बन्दै गएको छ । धेरैका लागि सामाजिक सञ्जाल लतको रुपमा रुपान्तरित बन्दै गएको छ भने कसैका लागि आम्दानीको राम्रो प्लेटफर्मको रुपमा रहेको छ ।

सामजिक सञ्जालमा पोष्ट गरिने एक पोष्टको मूल्य एक करोड भन्दा धेरैका लागि पत्याउन मुस्किल हुन्छ । तर बलिउड अभिनेता शाहरुख खानले सामाजिक सञ्जालमा एक पोष्ट गर्दा एक करोड भारु लिने गर्छन् ।

युवामाझ चर्चा बटुल्न सफल भएको सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट गरे वापत अभिनेता खानले एक करोड भारु पाउने गरेका छन् । विभिन्न भारतीय मिडियामा उल्लेख भए अनुसार शाहरुखले आफ्नो अकाउन्टमा एउटा ब्रान्डको प्रचार गरे बापत ८० लाख देखि एक करोड रुपैयाँसम्म लिने गरेका छन् ।

अभिनेता खानको इन्स्टाग्राम अकाउन्टमा रहेको करौडौँ फ्यान फलोअर्सका कारण यति महँगो शुल्क तिरेर विभिन्न ब्रान्डले प्रचार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here