काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका राष्ट्रिय खेलाडी एरिक विष्ट कोरोनामुक्त हुनुभएको छ । १९ दिन लामो आइसोलेसन बसाईपछि गरिएको कोरोना परिक्षणमा विष्टको रिपोर्ट नेगेटिभ देखिएको हो ।

नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास शुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ ९एन्फा० ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको समयमा घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उहाँको भनाइ छ । बीचको अवधिमा सबैतिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आफू खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उहाँको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here