काठमाडौं । आर्सनलले यस सिजनको एफए कम्युनिटी शिल्डको उपाधी जितेको छ । इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई पेनाल्टीमा पराजित गरेर आर्सनलले उपाधि जितेको हो । आर्सनलको जीतमा पियर एमरिकको योगदान स्मरणीय रहनेछ ।

वेम्बली रंगशालामा शनिबार राति भएको खेलमा आर्सनलका पियर एमरिकले लागि निर्धारित समयमा एक सुन्दर गोल गरे भने टाइब्रेकरमा विजयी पेनाल्टी गोल गरेर टिमलाई जित दिलाए ।

१२ औँ मिनेटमा साकाको सहयोगमा एमरिकले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । बराबरीपछि पेनाल्टीमा एफए कप विजेता आर्सनलले ५–४ को जित दर्ता गरेको हो ।

लिभरपुलले लगातार दोस्रो वर्ष पेनाल्टीमा एफए कम्युनिटी शिल्ड गुमाएको हो । गएको वर्ष लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।आर्सनलको जितमा सधैँ महत्वपूर्ण रहँदै आएका एमरिक यो सिजन पनि सोही क्लबमा रहन सहमत भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here