कविः केपी पौडेल

तिमी सदियौँ देखि यस्तै हो कि
आधुनिकताले बिभेदि भयौ ?
कसैकोमा ८० रुपैयाँको चामल त कसैकोमा ८० हजारको साडि
कसैलाई लाखौंको सुनको भारिले थकाउँछौ त
कसैलाई तिनकै गुन्यु धुन पठाउँछौ ।
गरिबको घरको संगित,ती अबोध बच्चा भोकले छट्पटीदाको रुवाईमै सिमित राख्ने होर ?
हे तीज,जवाफ चाहियो मलाई
तिमी साँच्चै यस्तै बिभेदि हौ ?
एउटै चाड, हस्पिटलको वल्लो बेड अपचले ढलेको त
पल्लो बेडमा खान नपाएर शिथिल बिरामी राख्न कत्ति पनि लाज लाग्दैन है तिमिलाई ?
हर्न बजाउँदै कार लिएर वल्लो घरका चेलिबेटि लिन दाजुभाइ पठाउँदा कसैले आईज भनेर ! कल पनि नगरेका चेलिलाई के भनेर फकाउँछौ हँ ?
तीज,तिमि सुध्रिने कि यस्तै रहने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here