लेखकः शोभा सापकोटा

अस्ति अफिसमा काम गर्दै थिएँ एकजना बहिनिले फोन गर्नुभयो दिदी तपाई शोभा सापकोटा हो ? भन्नुभयो मैले हो बैनी भने चिनजान थिएन मैले को बोल्नुभयो? भने उहाँले आफ्नो नाम भन्नुभयो । बहिनिले भन्नुभयो दिदी तपाईंसग एउटा समस्या सेयर गरौ भनेर फोन गरेको । मैले भन्नुस बहिनि के भयो म आफुले गर्न सक्ने सहयोग गर्न तयार छु, उहाँले दिदी फोनमा भन्दा भेटेरै कुरा गरौ न तपाईंको समय के छ भन्नुभयो मैले मेरो अफिसको काम सकिएपछी कल गर्छु, कहाँ भेट्ने ? उहाँले म भक्तपुर बस्छु कोटेश्वरसम्म आउँछु हजुर त्यहि आउनु न भन्नुभयो । मैले हुन्छ भन्दै फोन राखेर काम सुरु गर्न थाले तर मेरो मनमा अनेक किसिमका कुराहरु खेल्न थाले । को बहिनि होलिन्, केही नराम्रो त गर्ने हैन, अहिलेको समय खराब छ, मान्छे खराब छन, कसले कतिबेला कसलाइ तारो बनाइरहेको हुन्छ थाहा हुदैन, एक मनले यसो भनिरहेक थियो तर अर्को मनले भन्यो के को डर ब्यस्त सडक जहाँ हजारौं मानिसको आवतजावत हुन्छ त्यहि सोच्दै कामतिर लागे ।

काम सकेपछी फोन गरेर कोटेश्वर चोकको एउटा कफिसपमा भेट्ने कुरा गरेर म अफिस बाट निस्के र कुरा भएको कफिसपमा पुगियो । कफिसपको एउटा कुनामा बहिनी बसेकी रैछन लकडाउनको समय भएको कारण कफिसप अलि खाली नै थियो त्यसैले बहिनिलाइ चिन्न मलाइ गाह्रो भएन, बहिनी देख्नमा एकदम राम्री, लुगा लगाउने तरिका पुरै सहरिया प्रकृतिको, मेकअप पनि मिलाएर गरेकी त्यो बहिनीलाई देख्दा मलाई अलिकती आफुप्रती रिस उठ्योे किनभने आफू त देख्दै अव्यवस्थित नमिलाएको कपाल, लुगा पनि एउटा जिन्स जिउमा नमिलेको टिसर्ट ओ हो यो सब मनमा आएछ, धत् म पनि के कामले यहाँ आएको मनले के सोचेको आफैंदेखी रिस उठ्यो र बहिनिसँग गफ गर्न थाले, भने बैनी भन्नुस के समस्या भयो कसरी मलाई सम्पर्क गर्नु भयो उहाँले भन्नुभयो दिदी एकजना दिदिले नम्बर दिनुभएको मलाइ केही सहयोग गर्नु भन्नुभयो, ठिक छ, समस्या के छ ? भनेर सोधें ।

एउटा एउटा कफिको चुस्कीसँगै हाम्रो कुरा सुरु भयो । दिदी म नेपालको एउटा दुर्गम जिल्लाबाट प्लस टु सकेपछी उच्च शिक्षाको लागि राजधानी आएँ त्यसपछी एउटा सरकारी कलेजमा भर्ना भए राजधानीको खर्च धान्न गारो रहेछ, गाउँबाट पठाएको खर्चले पुग्न गाह्रो दुखसुख चलाउँदै गए, कफिको चुस्कीसगै लामो सास तान्दै भनिन् त्यहिबिचमा एउटा मान्छेसँग मेरो चिनजान भयो उ म भन्दा पल्लो घरमा बस्थ्यो, त्यहि नजिकैको किराना पसलमा आउँदा जादा बोलचाल सुरु भयो । बोलचाल सँगै मोबाइल नम्बर फेसबुक सबैतिर जोडियो उ राजधानिमा एउटा राम्रो आइनजिओमा काम गर्दो रहेछ । पैसा राम्रै कमाउने यता म खर्च धान्न गाह्रो अबस्थामा थिए, बिस्तारै उ सँग गफगाफ हुँदै मायामा परें, सामान्य बोलचाल हुँदै सुरु भएर हाम्रो मायाले हद पार गर्यो, पछि थाहा भयो उ बिबाहित रहेछ, उमेर पनि भयो अब बिहे पनि गर्नुपर्ने सहर बसेर पढेकि छोरी राम्रो केटासँग घरजम गर्दिने बुवाआमाको पनि सपना हुन्छ यो बिचमा उसले मेरो सबै खर्च बेहोर्ने गथ्र्यो र म पुरै उसकै कब्जामा जस्तै छु, उसको स्वीकृत बिना मैले केही गर्न मिल्दैन, कोहिसँग बोल्न, कहिँ जान सबैमा उसको नियन्त्रण हुन्छ तर दिदी म उबाट छुट्कारा चाहन्छु । यति भन्दा उसको आँखाबाट आसुको बर्षात भएको थियो, म आफ्नो संसारमा रमाउन चाहन्छु, स्वतन्त्र हुन चाहन्छु, यति भनिसक्दा उनी बोल्न सकिनन, म दोधारमा परें उसलाइ के भनेर सम्झाउँ ।

हामी महिलाहरु स्वतन्त्रता चाहन्छौ तर आत्मनिर्भर हुने कुरा बिर्सिन्छौ जतिपनी महिलाहरुले कुनै पुरुषको नियन्त्रण वा उसको हर कुरा सहेर बस्न जरुरी छैन तर त्यसको लागि त कुनै पुरुषमाथी निर्भर बन्नु नपर्ने अबस्था सिर्जना गर्न जरुरी छ नि हैन र ? हो पहिला एउटा जमाना थियो छोरिलाइ पढ्नलाइ कठिन थियो अहिले अबस्था त्यस्तो छैन । सामान्य जिबनयापन गरेर आफुलाइ आत्मनिर्भर बनाउनतर्फ हरेक महिला लाग्न जरुरी छ ।

यतिबेलासम्म अलिकती रात पनि छिप्पिसकेको थियो अर्को हप्तासम्म बहिनिको समस्या हल गर्न प्रयास गर्ने कुरासहित हामी छुट्टीयौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here