काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना नियन्त्रणमा सरकारले चालेको कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । महासंघले तीनै तहका सरकारले चालेका विभिन्न कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

महासंघले कोरोनाका कारण नेपाल पछिल्लो पटक निकै प्रभावित बन्दै गएको र संक्रमित र मृत्युदर समेत बढेको अवस्थामा सरकारलाई सहयोग गर्ने बताएको हो ।

महासंघले सर्वसाधारणको स्वास्थ्य सुरक्षा र अर्थतन्त्रमा धक्का लागेको अवस्थामा सरकारको मात्र भर नपरी आ–आफ्ना क्षेत्रमा सहयोग गर्न सबै सदस्यलाई आग्रह गरेको छ । साथै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सबै स्वास्थ्य प्रोटोकलहरूलाई पालना गरी आफनो स्वास्थ्यको ख्याल गर्न आम सर्वसाधारणसमक्ष महासंघले आग्रह गरेको छ । उद्याेग व्यवसाय सञ्चालन गर्नका लागि अनावश्यक कामदार नल्याउन तथा भएकाे कामदारहरूकाे काेराेना परीक्षण गर्न व्यवसायीलाइ नै सरकारले अनुराेध गरेकाे छ ।  त्यस्तै व्यवसाय सञ्चालन गर्नका लागि काेराेना संक्रमणकाे विरूद्धमा सुरक्षा सामग्रीकाे प्रयाेग गर्नपनि अनुराेध गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here