काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । विश्वेश्वरप्रसाद कोइराला कोइराला स्मृति ट्रष्टले यसवर्ष इतिहासकार नेपाललाई सम्मानित गर्ने निर्णय गरेको हो ।

यसैगरी यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउनु हुने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ । साहित्य सम्मान पुुरस्कार राशी १ लाख १ हजार र सेनानी सम्मान पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजकत्वमा ट्रष्टका सदस्य डा ध्रुबचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट नेपाल र दाहाललाई सम्मानित गर्ने निर्णय गरेको हो ।

ट्रष्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ । यी पुरस्कार आगामी भदौ २४ गते बिपी जयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here