धनुषा । जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारबाही गरिने उहाँको भनाइ छ ।

निषेधाज्ञाको समयमा औषधी पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत सञ्चालनमा नै रहने बताइएको छ ।
धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौँ व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here