बारा । छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आइतबार बिहानैदेखि अनिश्चिकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरिएकाे  छ।

पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले आज बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन्।

‘हामीले मानिसको आवतजावत र भिडभाड नहुने अपवादमा परेका केही गाउँपालिकाबाहेक अन्य सबै स्थानमा निषेधाज्ञा लागू गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी पण्डितकाे भनाइ छ ।

शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न यस्ताे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here