काठमाडाैं। चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् ।

गीतमा दिनेश सुवेदीको शब्द, गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन् ।

भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन् भने छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन् । भिडियोमा गायक गायिकालाई नै देख्न सकिन्छ ।

भिडियाे :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here