काठमाडौं । यूरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण थप फैलिएको छ । यूरोपमा हालसम्म ३० लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

केही दिनयता संक्रमित र मृतकको संख्या पनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’को युरोप शाखाले संक्रमण बढेका मुलुकहरुलाई निधेषात्मक व्यवस्था अबलम्बन गर्न आब्हान गरेको छ ।

गत मे २० देखि यूरोपभरि दैनिक औषत २० हजार जना संक्रमितहरू थपिने गरेको तथ्यांकले देखाएको छ । किर्गिस्थान कोरोनाको महामारीबाट सबैभन्दा बढी ग्रसित भएको छ ।

त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि संक्रमण बढेको छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्याधिक प्रभावित मुलुक रहे पनि ती मुलुकहरूमा पछिल्लो समयमा संक्रमण घट्दो क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here