काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ। तीमध्ये २,२२४ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

विगत २४ घण्टामा ७६ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here